+
Search

ताजा अपडेट +

पपुलर +

साम्राज्ञीको उस्तै माग, महंगो पारिश्रमिक

4KNationalDaily
२०७७ आश्विन २७, मंगलवार ०७:३६ बजे

गाेरखा- नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सोमबार ‘रेड वाइन’ नामक चलचित्र साइन गरिन् ।

उनले, लकडाउनपछि साइन गरेको यो दोश्रो चलचित्र हो । यसअघि उनले नायक मनिष राउत, नायिका आना शर्माको पनि मुख्य भूमिका रहने एक चलचित्र साइन गरिसकेकी छिन् ।

नायिका शाहलाई चलचित्र ‘हुतुतु’का लागि पनि अफर गरिएको चर्चा चलचित्र बजारमा छ । गतबर्ष साम्राज्ञी अभिनित २ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिज भए । दुबै चलचित्र बक्स अफिसमा पछारिदा साम्राज्ञीको क्रेज कमजोर बनेको टिप्पणी भयो ।

यो बर्ष नायक भूवन केसीसँगको विवादपछि साम्राज्ञीलाई निर्माताले अब पत्याउँदैनन् भन्ने खालका विश्लेषण पनि भए । तर, साम्राज्ञीलाई चलचित्रको अफरमा भने कुनै कमी देखिएको छैन ।

उनले, सोमबार साइन गरेको चलचित्र ‘रेड वाइन’का लागि १२ लाख पारिश्रमिक लिएको वुझिएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily