काठमाडौं– केही हिन्दी चलचित्रहरुमा समेत काम गरेकी दक्षिण भारतीय एक अभिनेत्रीको विवाह हुने भएको छ ।
टलिउडकी प्रसिद्ध अभिनेत्री अग्रवालले चाँडै नै विवाह बन्धन बाँध्न लागेकी हुन् । अग्रवालले आफ्नो इन्स्टाग्राम पोष्टमा अक्टूबर महिनाको ३० तारिखमा गौतम किचलुसँग विवाह गर्न लागेको जानकारी दिएकी हुन् ।
उनको विवाहमा केवल परिवारका सदस्यहरू सम्मिलित हुनेछन् । अभिनेत्रीले विवाह पछि पनि आफ्नो काम जारी राख्ने बताएकी छिन् ।
उनले आफ्नो विवाहको बारेमा जानकारी दिँदै लेखिन्, ‘यो कुरा साझा गर्न पाउँला म एकदमै खुसी छु । गौतम किचलुसँग म मुम्बईमा ३० अक्टूबर, २०२० मा विवाह गर्ने छु। जसमा केवल परिवारका सदस्यहरू सम्मिलित हुनेछन् ।’
काजल अग्रवालले थप लेखिन्, ‘मैले अहिलेसम्म जे गरिरहेछु त्यही गर्न जारी राख्नेछु । मेरो दर्शकहरुको नयाँ आशा र नयाँ तरीकाले मनोरन्जन गर्दै तपाईको समर्थनका लागि धन्यबाद ।’
प्रतिक्रिया