+
Search

ताजा अपडेट +

पपुलर +

मान्यताप्राप्त ल्याबले मात्र कोरोनाको एन्टिजेन टेस्ट गर्न पाउने, शुल्क एक हजार

4KNationalDaily
२०७७ आश्विन २७, मंगलवार १७:०८ बजे

काठमाडौं- सरकारले कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उक्त टेस्टको शुल्क अधिकतम एक हजार हुने र त्यसका लागि सरकारबाट अनुमति लिनुपर्ने उल्लेख गरेका हुन्। सरकारले सो शुल्क परिमार्जन हुँदै जानेसमेत बताएको छ।

बायोसेफ्टी प्रोटोकल नमुना संकलन विधि तोके बमोजिम हुने र नमुना संकलन विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोके बमोजिम हुने मन्त्रालयले जनाएको छ।

परिक्षण पोजिटिभ आएमा काठमाडौंमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धि स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई रिर्पोेट दिइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily