+
Search

ताजा अपडेट +

पपुलर +

बहराइनका राजकुमारको टोलीद्वारा मनास्लुको सफल आरोहण

4KNationalDaily
२०७७ आश्विन २९, बिहीबार ०९:३७ बजे

काठमाडौं– बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको छ।

बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण गरेको हो। मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो। यसको उचाइ ८ हजार १५६ मिटर छ ।

राजकुमार हमदले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेका थिए।

१५ जना बहराइनका नागरिक र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएको टोलीले नेपाल सरकारबाट मनास्लु र लोबुचु हिमाल आरोहणको अनुमति पाएको थियो । आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक प्रालिले मिलाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily