काठमाडौं- कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ। संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन्।
सरकारले संक्रमितको अनुपातमा अस्पतालमा शड्ढया, उपकरण र जनशक्ति बिस्तार गर्न नसक्दा समस्या भएको हो। सात महिनाअघि तयार पारिएका कोभिड अस्पतालका संरचना संक्रमित सबा लाख पुग्न लाग्दा पनि उस्तै छन्।
आइसियू नपाउँदा ज्यान गयो
अर्घाखाँचीबाट उपचारका लागि बुटवल ल्याइएका कोरोना संक्रमितको पनि उपचार नपाएर मृत्यु भएको छ।
अर्घाखाँची भूमिकास्थान ९ का ७३ वर्षीय पुरुषको बुटवलका अस्पतालमा आयसियू बेड खाली नभएपछि बिहीबार बिहान दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। ती पुरुषलाई मंगलबार संक्रमण पुष्टि भएका बुधबार बुटवल ल्याइएको थियो।
स्वास्थ्य अवस्था गम्भीर भएका ती संक्रमितलाई आइसियू बेड खाली नभएकाले आइसोलेसन वार्डमै राखिएको थियो।
स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि ती संक्रमितलाई बुधबार राति दाङको बेलझुन्डीस्थित कोरोना अस्पतालमा रेफर गरिएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. विष्णु गौतमले बताए। दाङ लैजाने क्रममा बिहीबार बिहान पौने ८ बजेतिर ती संक्रमितको बाटोमै मृत्यु भएको जानकारी आएको गौतमले बताए।
प्रतिक्रिया