गाेरखा- राप्रपा गोरखा र राप्रपा सयुक्त गोरखा वीच समायोजन भएको छ ।
केन्द्र दुई पार्टी एकता भएको लामो समयपछि तत्कालिन दुई पार्टी एक ठाउँमा आएका हुन । जिल्ला सदरमुकाममा भएको सयुक्त बैठकले राप्रपाका तत्कालिन अध्यक्ष शंकरराज अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।
राप्रपा सयुक्तकी तत्कालिन अध्यक्ष अम्बिका रुपाखेतीलाई सहअध्यक्ष बनाइएको छ ।
क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष रहेका गोपाल बहादुर थापालाई संगठन विभाग प्रमुख र कुलबहादुर बस्नेतलाई सचिवमा चयन गरिएको राप्रपाका गण्डकी प्रदेश सदस्य सुदिप ढकालले जानकारी दिए ।
बैठकले माघ महिनाको मसान्त भित्र जिल्ला अधिवेशन गर्नका लागि समय सिमा समेत निर्धारण गरेको छ ।
प्रतिक्रिया