+
Search

ताजा अपडेट +

पपुलर +

२४ घण्टामा ४३९२ जनामा कोरोना संक्रमण, ३७ हजार ३८२ पुगे सक्रिय संक्रमित

4KNationalDaily
२०७७ आश्विन ३०, शुक्रबार १७:२२ बजे

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ जना पुगेको छ।

हाल देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ३३६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हालसम्म १२ लाख ५४ हजार १६४ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा १७८४ जना, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily