+
Search

ताजा अपडेट +

पपुलर +

सरकारविरुद्ध दसैँपछि ठूलो आन्दोलन र संसदमा हंगामा : शेरबहादुर देउवा

4KNationalDaily
२०७७ आश्विन ३०, शुक्रबार १७:३७ बजे

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध दसैँपछि व्यापक आन्दोलन र संसदमा हंगामा गर्ने बताएका छन्।

सरकारले कोरोना नियन्त्रण गर्न नसकेको जनाउँदै देउवाले देशव्यापी आन्दोलन र संसदमा हंगामा मच्चाउने बताएका छन्।

पार्टीले गठन गरेको कोरोना संक्रमण अनुगमन समितिले तयार गरेको प्रतिवेदन बुझ्ने क्रममा देउवाले भने, दसैंपछि देशव्यापी आन्दोलन गर्छौं। संसद बोलाउन लगाएरै छोड्ने छौँ। जनताको जीवन रक्षा व्यवस्था गर्न सरकारलाई वाध्य पार्छौं।’

सरकारलाई गलाउन संसदमा हंगामा गर्ने उनले बताए। सडक आन्दोलनका लागि कार्यकर्तालाई तयार रहन पनि उनले निर्देशन दिए।

सरकारले नागरिक ‘मरे मरुन’को व्यवहार देखाएको उनले आरोप लगाए। जनताको स्वास्थ्य महत्वपूर्ण भएपनि सरकार त्यसलाई महत्व नदिएर भ्रष्टाचारमा लागेको बताए।

उनले भने,‘स्वास्थ्यमा खेलवाड गर्दै भ्रष्टचार गरिएको छ। यति भ्रष्टचार मैले कैले सुनिएकै थिइन्।’

अक्सिजनको व्यवस्था,आइसोलेसन र क्वारेन्टाइन बनाउने सरकारको दायित्व भएपनि सरकारले ध्यान नपुर्‍याएको उनले बताए। सरकारले गर्नुपर्ने काम नगरेको देउवाले बताए। काठमाडौंमा भयावह स्थिति आइसकेको उनले बताए।

कोरोना नियन्त्रण गर्न सरकारलाई निशर्त कांग्रेसले सहयोग गर्दै आएको गर्दै आएपनि सरकारले आफ्नो काम नगरेको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily