+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटार नगरपालिकाले तयार गर्याे २० शैयाकाे आइशोलेसन सेन्टर

4KNationalDaily
२०७७ आश्विन ३०, शुक्रबार १८:२६ बजे

गाेरखा- पालुङटार नगरपालिकाले तयार २० शैयाकाे आइशोलेसन सेन्टर बनाएकाे छ ।  गोरखा क्याम्पसमा सञ्चालित आइशोलेसन सेण्टर हटाउने तयारी भएसँगै नगरपालिकाले आफ्नै आइशोलेसन निर्माण गरेको छ ।

यसअघि कोरोना पोजेटिभ देखिएकालाई सदरमुकामको सामुहिक आइशोलेसनमा ल्याएर राख्ने गरिएको थियो अब भने पालिकाकै आइशोलेसनमा राख्ने कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताए ।

गोरखा क्याम्पसले आइशोलेसन हटाउन आग्रह गरेसँगै अस्पतालको ब्यवस्थापनमा संचालित क्याम्पस आइशोलेसनमा जिल्लाका स्थानीय तहले संक्रमित पठाउन छाडेका छन् । अधिकांस होम आइशोलेसनमा बस्न थालेको स्वास्थ्य कार्यालय गाेरखाले जनाएको छ ।

जिल्ला स्तरीय सिसिएमसीको बैठकले स्थानीय तहलाई आफैँले आइशोलेसन बनाउन अनुरोध गरेपछि निर्माण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा अहिलेसम्म संक्रमितको संख्या ५२ पुगेको छ भने १३ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरुको उपचारका लागि एक जना चिकित्सक, एकजना अहेब र एक जना अनमी खटाउने तयारी नगरपालिकाको छ । वडा नम्बर ४ को सुदर्शन आधारभूत विद्यालयलाई आइशोलेसनको रुपमा प्रयोग गरिएको छ ।

‘उक्त विद्यालयमा २७ जना विद्यार्थी छन्’ गिरीले भने ‘विद्यालयका लागि ट्रस्ट भबन छुट्टै निर्माण गरिँदैछ ।’

अहिले तयार भएको आइशोलेसन २० जना संक्रमित राख्न सक्ने क्षमताको छ । आइशोलेसनका लागि चाहिने पूर्वाधार र ब्यवस्थापनको काम सबै सकिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily