गाेरखा- पछिल्लो समय थुप्रै कभर गित गाएर र म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएकी गायिका मून प्रसाईंको स्वरमा नयाँ गीति एल्बम ‘एउटा सपना’ बोलको गीत सार्वजनिक गरिएको छ ।
गायिका प्रसाइको सुमधुर स्वरमा रेकर्ड भएको गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत र जोन्नी तामाङको संगीत संयोजन रहेको छ ।
कमल प्रसाईंको छायांकन, सम्पादन तथा रंग संयोजन रहेको छ भनेभिडियोमा गायिका मुन आफैले अभिनय गरेकी छिन् ।
युवा युवती बिचको प्रेममा हुने भावनालाइ गितले बोलेको छ ।
गितले युवापुस्ताको मन जित्न सक्ने देखिन्छ । पछिल्लो समय बजारमा यस्तै गितले स्थान पाउदै गर्दा गायिका प्रसाइको एउटा सपनाले नयाँ स्थान बनाउन सक्ने प्रबल सम्भावना देख्न सकिन्छ ।
प्रतिक्रिया