काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुद्रा निर्णय गर्नुभन्दा सरकारले केही गर्न नसक्ने एकैपटक भनिदिन आग्रह गरेका छन्।
कोरोना उपचार नागरिक स्वयंले गर्नुपर्ने सरकारको निर्णयको उनले विरोध जनाएका हुन्। पटक-पटक खुद्रा निर्णय गर्न भन्दा संक्रमितको संख्या गन्नबाहेक थप सरकारले गर्न नसक्ने निर्णय गर्न सुझाव दिएका छन्।
एकमुष्ट सरकारी निर्णय गर्न थापा सुझाव दिदैँ थापा लेख्छन्,‘बरु सिधै भनिदिनुस्-सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकाले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ।’
स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय"काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु"!
यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा@PM_Nepalबरु सिधै भनिदिनुस्"सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ"— Gagan Thapa (@thapagk) October 19, 2020
प्रतिक्रिया