+
Search

ताजा अपडेट +

पपुलर +

दसैँमा अत्यावश्यक नभई बाहिर ननिस्कन काठमाडौं प्रशासनको अनुरोध

4KNationalDaily
२०७७ कार्तिक ४, मंगलवार १४:४३ बजे

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले दशैंमा अत्यावश्यक नपरी घरबाहिर ननिस्किन अपिल गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले विशेष अनुरोध जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

काठमाडौंमा संक्रमण तीव्र गतिमा बढेको र दैनिक संक्रमितको आधाभन्दा बढी काठमाडौंमै भेटिने गरेको उल्लेख गर्दै उनले भनेका छन्– ‘व्यक्तिगत तथा सामूहिक रूपमा सचेतता अपनाई जो जहाँ छौं सोही ठाउँमा रही चाडबाड मनाऊँ, अति आवश्यक नभई घरबाट बाहिर ननिस्किऊँ, घरबाट बाहिर निस्कनै पर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी मापदण्डको अनिवार्य पालना गरौं/गराऔं ।’

साथै उनले गत भदौ ३१ गते जारी निषेध आदेशको पूर्ण परिपालना गर्न/गराउन पनि अपिल गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily