+
Search

ताजा अपडेट +

पपुलर +

जनता समाजवादी पार्टीको अध्यक्षमा ‘बाबुराम भट्टराई’

4KNationalDaily
२०७७ कार्तिक ४, मंगलवार १४:५२ बजे

काठमाडौं- जनता समाजवादीको एकल अध्यक्षमा डाक्टर बाबुराम भट्टराई सर्वसम्मत चयन भएका छन् ।

आज बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिले यस्तो निर्णय निर्णय गरेको हो ।

पार्टी एकीकरणको समयमा डा. भट्टराईलाई नै अध्यक्ष बनाउने भद्र सहमति भएको थियाे । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो ।

निर्वाचन आयोगमा पार्टी दर्ता जानुअगाडि भट्टराई अध्यक्ष रहेको बताए पनि अन्तिम समयमा आएर अध्यक्षबाट भट्टराईको नाममा टिपेक्स लागेको थियो । हाल जसपामा ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेका छन् ।

त्यस्तै, जसपाले विधान संशोधन गरेर केन्द्रीय समितिको संख्या आठ सय पुगेकाे छ । हाल जसपामा केन्द्रीय समितिको संख्या सात सय १ रहेको छ । पार्टी एकतकाका बाँकी काम, विधान संशशोधन र केन्द्रीय समिति, संघीय परिषद्को विस्तार तथा कार्यविभाजन समेत भएकाे छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily