+
Search

ताजा अपडेट +

पपुलर +

२४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु, ७६५ पुगे मृतक

4KNationalDaily
२०७७ कार्तिक ४, मंगलवार १७:०० बजे

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ३०९३ जनामा कोरोना संक्रमण भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।

हाल देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ५५९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा १४३१ जना, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily