+
Search

ताजा अपडेट +

पपुलर +

थप २१०८ जना कोरोना संक्रमणमुक्त, साढे ९६ हजारभन्दा बढी निको भए

4KNationalDaily
२०७७ कार्तिक ४, मंगलवार १७:०२ बजे

काठमाडौं– पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा ९६ हजार ६ सय ९ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार ६९.४ प्रतिशत संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख १४ हजार ७ सय ७९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। नेपालमा ४१ हजार ७ सय ७५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily