+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकामा एकैदिन थपिए ३१०७ संक्रमित

4KNationalDaily
२०७७ कार्तिक ५, बुधबार १६:४५ बजे

काठमाडौं– पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये जना ३१०७ काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र २९९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily