+
Search

ताजा अपडेट +

पपुलर +

मेहन्दी र हल्दीमा रमाइरहेकी बलिउड गायिका नेहा कक्कड

4KNationalDaily
२०७७ कार्तिक ११, मंगलवार १३:२४ बजे

नयाँ दिल्ली– बलिउड गायिका नेहा कक्कड र राेहनप्रीत सिंह आफ्नाे विवाहमा जुटेका छन्। २४ अक्टुबरमा दुवै जना वैवाहिक बन्धनमा बाधिँदै छन्। तर अहिलेसम्म दुवै पक्षले यस विषयमा औपचारिक रूपमा बाेलेका छैनन्।

नेहाले आफ्नाे हल्दी सेरेमेनीकाे केही तस्बिर ईन्स्टाग्राममा शेयर गरेलगत्तै भाइरल भएका थिए। उनले शेयर गरेकाे तस्बिरमा दुवै जना सुन्दर देखिएका छन्।

यसभन्दा अघि बिहीबार राति नेहाकाे मेहन्दीवाला तस्बिर पनि भाइरल भएकाे थियाे। नेहा कक्कड र राेहनप्रित सिंहकाे विवाहपूर्वकाे समाराेह सुरु भएकाे छ।

उक्त समाराेहमा सहभागी भएका मानिसहरुले तस्बिर सार्वजनिक गरेका छन्। नेहा कक्कड र राेहनप्रीत सिंहकाे विवाह समारोह अहिले धमाधम चलिरहेकाे छ।

शुक्रबार मेहन्दीका साथै हल्दिकाे कार्यक्रम सुरु भएकाे छ। नेहा आफैँले इन्स्टाग्राममा फाेटाे शेयर गर्दै लेखेकी छन्‚ ‘नेहुप्रीतकी हल्दी।’ नेहा कक्कड़ और रोहनप्रीत की हल्दी सेरेमनी, खूबसूरत फोटोज कीं शेयर

हल्दीका लागि नेहाले सादा पहेलाे रंगकाे साडी लगाएकी थिइन्। उनी उक्त साडीमा निकै खुलेकी थिइन्। राेहनप्रीत पनि पहेलाे रंगकाे कुर्तामा सजिएका थिए। नेहाले केही समयअघि समारोहकाे भिडियाे शेयर गरेकी थिइन्।

उक्त भिडियाेमा दुवै जना मस्त भएर नाचिरहेकाे देखिन्थ्याे। दुवैकाे विवाह २४ अक्टुबरमा हुँदैछ। उनीहरुकाे रिसेप्सन २६ अक्टुबरकाे लागि तय भएकाे छ। रिसेप्सन पंजाबकाे माेहालीकाे द अमलतासमा आयाेजना हुनेछ।

अहिले नेहाको विवाह कार्ड सामाजिक सञ्जालमा भाइरल भएकाे छ। नेहा साेसल मिडियामा निकै सक्रिय रहेकी छन्। उनले आफ्ना हरेक समयलाई सार्वजनिक गरिरहेकी छन्। नेहाका फ्यानहरु उनकाे विवाहकाे फाेटाे तीव्र प्रतिक्षता गरिरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily