+
Search

ताजा अपडेट +

पपुलर +

८ हजार २४८ नमुना परीक्षण गर्दा १९५४ मा कोरोना संक्रमण पुष्टि

4KNationalDaily
२०७७ कार्तिक १२, बुधबार १८:२६ बजे

काठमाडौं- पछिल्लो २४ घन्टामा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय ५४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ५४ पुगेको छ ।

संक्रमितमध्ये १ लाख २१ हजार ८ सय २४ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily