+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा ९ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु, २४ घण्टामा थपिए १७ जना

4KNationalDaily
२०७७ कार्तिक १३, बिहीबार १६:४७ बजे

काठमाडौं- नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २ हजार ३ सय ६४ भेटिएसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख १९ हजार ६४ पुगेको छ। हाल क्वारेन्टाइनमा २ हजार ६ सय ८९ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily