+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोटका ६ सहित गाेरखाका ३६ जनामा कोरोना संक्रमण पुष्टि

4KNationalDaily
२०७७ कार्तिक १३, बिहीबार २०:०३ बजे

गोरखा- गाेरखाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सब इन्सपेक्टर, पूर्वाधार विकास कार्यालय र भीमसेन थापा गाउँपालिकाका कर्मचारी सहित ३६ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण देखिएकामध्ये गोरखा नगरपालिकाका १५, पालुङटार नगरपालिका ९, अजिरकोट गाउँपालिकाका ६, भिमसेनथापाका ३, र आरुघाट गाऊँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily