काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच ११ दिनपछि भेट वार्ता सुरु भएको छ। गत कात्तिक ४ गतेपछि दुई अध्यक्षबीच शनिबार भर्खरै बालुवाटारमा छलफल सुरु भएको हो।
पार्टीभित्र विवाद बढ्दै गएपछि दुई अध्यक्षबीच संवादको क्रम रोकिएको हो। पार्टीमा विवाद बढ्दै गएपछि २ अध्यक्षको संवादहीनताको अवस्था भएको हो। दुई अध्यक्षबीच संवाद नभएपछि ओलीले आफू निकट नेताहरुलाई प्रचण्ड निवास खुमलटार पठाएका थिए।
गत बुधबार ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल र दिउँसो स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पुगेका थिए, बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए भने शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पुगेका थिए।
प्रतिक्रिया