+
Search

ताजा अपडेट +

पपुलर +

इच्छाधारी ‘नागिन’ बन्दै श्रद्धा

4KNationalDaily
२०७७ कार्तिक १५, शनिबार १५:२३ बजे

काठमाडाैं- बलिउड नायिका श्रद्धा कपुर इच्छादारी नागिन बन्ने तयारीमा छिन् । सामाजिक संजालबाट चलचित्र बन्न लागेको जानकारी दिदै नायिका कपुरले आफू उत्साहित भएको बताएकी छिन् ।

श्रद्धाको चलचित्र ‘नागिन’को तीन सिरिज बन्ने भएको छ । श्रद्धाले लेखेकी छिन्–‘चलचित्रको पर्दामा नागिनको भूमिका निर्वाहा गर्न पाउनु मेरो लागि खुशीको कुरा हो । म सधै नै भारतको परम्परासँग जोडिएको यस्तो कथामा काम गर्न चाहन्थेँ ।’

यो चलचित्रलाई निखिल द्धिवेदी, विशाल फुरिया र सैफरान ब्राडकास्टले मिलेर बनाउँदैछन् । यो चलचित्रको कथा प्रेममा आधारित हुनेछ । श्रद्धाले भन्दा पहिला बलिउडमा नागिनको भूमिका श्रीदेवी, रीना रोय, रेखा लगायतका कलाकारले निर्वाहा गरिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily