काठमाडौं- नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर स्वस्थ एवं रुपान्तरणमुखी छलफल गर्नु पर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा मंगलबार लेख्दै उनले पार्टी विवादलाई मर्यादित ढंगले समाधान गर्नुपर्ने बताएका हुन्।
‘तैं चुप मै चुप पनि ठीक छैन। त्यसैगरी तुम शेर तो हम सवा शेर झैं ब्यक्तिगत झगडा वा गालीगलौज पनि ठीक छैन’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं र पार्टीलाई एकताबध्द बनाई अघि बढौं।’
पार्टीलाई फुट,अकर्मण्यता र पुँजीवादीकरणबाट बचाउनु पर्ने श्रेष्ठको भनाइ छ।
प्रतिक्रिया