+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसले भन्यो- संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय मान्य हुँदैन

4KNationalDaily
२०७७ कार्तिक १८, मंगलवार १९:१९ बजे

काठमाडौं- संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने सरकारी निर्णय संविधानको मर्म विपरीत भएको कांग्रेसले जनाएको छ।

असोज ११ मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार मातहतका निकायमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नेलेख्न परिपत्र गरिएको थियो। त्यसको स्थानमा ‘नेपाल’मात्रै लेख्न कानून,न्याय तथा संसदीय मन्त्रालयले मातहत कार्यालयलाई परिपत्र गरेको थियो।

संविधानको मर्म विपरित सरकारी निर्णय भएको उल्लेख गर्दै प्रवक्ता विश्वप्रकाश शर्मा चेतावनीको शैलीमा सरकारलाई भनेका छन्, ‘होसियार! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ।’

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान निर्माणको प्रतिबद्धताप्रति सचेत गराएका छन्। शर्माले भने, ‘जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily