पोखरा- गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई कोरोना संक्रमणको पुष्टी भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्लाका अध्यक्ष समेत रहेका मन्त्री थापामगरलाई संक्रमणको पुष्टी भएको हाे ।
रुघाखोकी सहितको सामान्य लक्षण देखिएपछि सोमबार कोरोना परीक्षणका लागि स्वांब दिएका मन्त्री थापामगरको आज रिर्पोट पोजेटिभ आएको हो ।
उनको स्वास्थ्य अबस्था भने अहिले सामान्य रहेको छ । सामान्य लक्षण देखिएसंगै होम आफै सुरक्षित रुपमा होम आइसोलनमा बसेका थिए ।
प्रतिक्रिया