+
Search

ताजा अपडेट +

पपुलर +

थप ३० जना कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या १०३४ पुग्यो

4KNationalDaily
२०७७ कार्तिक १९, बुधबार १६:३६ बजे

काठमाडौं– नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २० जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार ३ सय ९ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ९ सय ११ सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै पिसिआर परीक्षणको संख्या १४ लाख ९४ हजार १ सय २२ पुगेको छ । हाल १ हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily