काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्यमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण फुट्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दावी गरेका छन् ।
ओली निकट स्थायी कमिटी सदस्य समेत रहेका गुरुङले अनलाइनखबरमा प्रकाशित अन्तर्वार्तामा प्रचण्डका कारण नेकपा फुट्ने दावी गरेका हुन् ।
प्रचण्डले आफूसँग १५ कात्तिकमा भएको भेट, र त्यसपछिका टेलिफोन सम्वादमा प्रधानमन्त्री ओलीले सहमतिमै पार्टी विभाजन गरौं भन्ने प्रस्ताव राखेको ब्रिफिङ बहुसंख्यक सचिवालय सदस्यहरुलाई गरेका थिए । ओलीले किन पार्टी विभाजनको प्रस्ताव राखे त ? मुख्यमन्त्री गुरुङ भन्छन्, ‘प्रचण्ड–माधवहरुको कामलाई लिएर प्रधानमन्त्रीको व्यंग्य मात्र थियो त्यो ।’
अन्तर्वार्तामा उनले भनेका छन् ‘बारम्बार देशीविदेशी शक्तिहरुको उक्साहटमा पार्टी फुटाउने गतिविधिमा लागिरहने, गुटको बैठक बस्ने, पार्टीको बैठक बस्ने कुरा नगर्ने, सधैं निहुँ खोजिरहने हो भने किन लुकीलुकी पार्टी फुटाउने ? बरु, सम्झौतामा पार्टी फुटाऔं र आ–आफ्नो बाटोमा लागौं भनेर प्रधानमन्त्रीले आजित भएर भन्नु भएको हो । एमाले, एमाले तिर लागौं, माओवादी, माओवादीतिर लागौं भनेर प्रधानमन्त्रीले प्रचण्ड–माधव कमरेडहरुको कामप्रति ठूलो व्यंग्य गर्नु भएको मात्र हो ।’
प्रतिक्रिया