+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना जितेपछि ऋचा लेख्छिन्–‘परिवारको सुरक्षा गर्न अपिल गर्दछु’

4KNationalDaily
२०७७ कार्तिक २१, शुक्रबार ०७:२९ बजे

काठमाडाैं-  नायिका ऋचा शर्माले ३ हप्ता होम क्वारेन्टाइनमा बसेपछि आफूले कोरोनालाई जितेको उल्लेख गरेकी छिन् ।

उनले सामाजिक संजालमा कोरोनामुक्त भएपछि स्टाटस लेख्दै कोरोना महामारीबाट आफ्नो र परिवारको सुरक्षा गर्नु सम्पूर्णको दायित्व भएको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘पछिल्लो तीन हप्तादेखि सेल्फ क्वारेन्टाइनमा बसी अब सम्पूर्ण रुपमा स्वस्थ भएकी छु । कोरोनाबारे हामीलाई अझै सम्पूर्ण ज्ञान नभएको, नयाँ फाङडिंगहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म सबैसँग अनुरोध गर्दछु ।’

उनले, अग्रपंक्तिमा रहेर सेवा पुर्याउने सबैलाई नमन पनि गरेकी छिन् । ऋचाले कोरोनाबाट सर्तक र स्वस्थ रहन सबैसँग अपिल गरेकी छिन् ।

https://www.facebook.com/photo.php?fbid=10164315469980024&set=a.10151338244160024&type=3&eid=ARC1ALQID5eTOLDqYBtU_jAi-iC7snXGOHjlwZ6s9ChMjrRTABnFLIHcxop3OPyN_7Ic7rReLfRu7fIo

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily