काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक सचिवालय बैठक बोलाएको बताएका छन्।
‘कार्यकारी अध्यक्ष प्रचण्ड कमरेडले अनौचारिक सचिवालय बैठक दिउँसो ३ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाउनु भएको छ,’ श्रेष्ठले नेपाल लाईभसँग भने, ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न भन्ने सुनेको छु। अरु सचिवालयका कुन–कुन नेता आउनुहुन्छ थाहा भएन।’
सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बारहीमा निर्धारित समयमा बस्ने श्रेष्ठको भनाइ छ। प्रचण्डले बोलाएको सचिवालय बैठक बहुमत सचिवालय सदस्य उपस्थित हुने देखिएको छ।
प्रतिक्रिया