काठमाडौं- नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले देशलाई संघीयताको खाँचो नभएको बताएका छन्।
शुक्रबार एक ट्विट गर्दै बाँस्कोटाले द्वन्द्व व्यवस्थापनका लागि मान्दिनु परेको भन्दै संघीयताको खाँचो नभएको बताएका हुन्।
‘सङ्घीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशकाे नाम। यसमा चैं के प्रतिगमन भएछ हँ? प्रदेशहरु खारेज भएकाे त छैन‚’ द्वन्द्व व्यवस्थापनका लागि संघीयता मान्दिनु परेको बताउँदै बाँस्कोटाले उल्लेख गरेका छन्‚ ‘द्वन्द व्यवस्थापनकाे लागि मान्दिनु परेकाे न हाे देशलाई खाँचाे त थिएन सङ्घीयता। लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन्।कमरेडका दुःख पनि कहिल्यै नसकिने के !’
प्रतिक्रिया