+
Search

ताजा अपडेट +

पपुलर +

२४ घण्टायता थप २८१७ जनामा कोरोना संक्रमण, ३५ हजार ४१९ सक्रिय संक्रमित

4KNationalDaily
२०७७ कार्तिक २३, आईतवार १६:३४ बजे

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ८१७ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार १०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख ४० हजार ०७७ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily