+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपाललाई केपी ओलीको प्रस्‍ताव- अप्ठ्यारोमा छु, सहयोग गर्नुहोस्

4KNationalDaily
२०७७ कार्तिक २३, आईतवार १७:२१ बजे

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई सहयोग गर्न प्रस्ताव गरेका छन्। बालुवाटारमा भएको भेटवार्तामा ‌ओलीले यस्तो प्रस्ताव गरेको गरेका हुन् ।

जवाफमा नेता नेपालले पार्टी एकता जोगाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

‘पार्टीमा तपाईं (ओली) पहिलो नम्बरको अध्यक्ष पनि हो। पार्टी एकता जोगाउन पनि सबैभन्दा बढी जिम्मेवारी तपाईंकै हुन्छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै नेकपा नेता सुरेन्द्र पाण्डेले भने, ‘पार्टीमा साथीहरूले सचिवालय बैठक माग गरिरहनु भएको छ। बैठक गरौं। त्यहीँ छलफल गरौं।’

यसपछि प्रधानमन्त्री ओलीले नेता नेपालसँग बैठक राख्न आफू सकारात्मक भएको तर त्यसका लागि आफूलाई सहयोग गर्न आग्रह दोहोर्‍याएका थिए। पार्टीमा आएका समस्याको समाधान गर्ने विषयमा पनि अध्यक्ष ओलीको योजनाबारे नेता नेपालले प्रश्न राखेका थिए।

भेटमा छलफल मात्रै भएको तर कुनै निष्कर्ष ननिस्किएको बताइएको छ। पार्टीमा समस्या आएपछि अध्यक्ष ओलीले नेपालसँग तेस्रोपल्ट छुट्टै भेटवार्ता गरेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily