+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा अनुशासन आयोगले भन्यो-अविलम्ब बैठक राखौं, पार्टी निर्णय दराजमा सजाउनका लागि होइनन्

4KNationalDaily
२०७७ कार्तिक २४, सोमबार १६:४५ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बैठक राखेर समस्या समाधान गर्न केन्द्रीय अनुशासन आयोगले अविलम्ब बैठक राखेर समस्या समाधान गर्न आग्रह गरेको छ।

आयोगका अध्यक्ष अमृत कुमार बोहोराले तत्काल पार्टी बैठक बोलाउन पार्टी अध्यक्षद्वयलाई आग्रह हुन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै आयोग अध्यक्ष बोहोराले ‘पार्टीका जिम्मेवार नेतृत्वगण प्रति मेरो विनम्र आग्रह छ, पार्टी एकता आजको आवश्यकता रहेको जनाएका छन्।

आयोगका अध्यक्ष अमृतकुमार बोहराले गरेको आग्रहमा ‘गालीगलौज’ ‘निन्दा भत्र्सना’ ‘आरोप–प्रत्यारोप’ र ‘पार्टी विभाजन’ जस्ता सुन्ने नसकिने अप्रिय कुराहरू सञ्चारमाध्यममा आएकोप्रति चिन्ता व्यक्त गरिएको छ।

‘कमरेडहरू, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं,’ बोहराले भनेका छन्, ‘पार्टीका निर्णयहरू आवश्यकताले कार्यान्वयनको लागि गरिन्छ। दराजमा सजाउनको लागि होइन।पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरू आजसम्म कार्यान्वयन नभई निस्क्रिय बसेका छन्।’

बोहोराले पार्टी एकताका बाँकी सबै कामहरु छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाउन पनि आग्रह गरेका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily