+
Search

ताजा अपडेट +

पपुलर +

धुम्बाराहीमा नेकपा सचिवालयको अनौपचारिक बैठक सुरु

4KNationalDaily
२०७७ कार्तिक २५, मंगलवार १६:२८ बजे

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका बहुमत सदस्यको बैठक धुम्बाराहीमा सुरु भएको छ।

सचिवालयका पाँच सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ उपस्थित भएका छन्।

बैठकमा अध्यक्ष केपी ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल तथा विष्णु पौडेल भने उपस्थित छैनन्। गत शनिबार पनि पाँच सदस्यको अनौपचारिक बैठक बसेको थियो।

उपस्थित सदस्यहरुले आइतबार ओलीलाई भेटेर सचिवालय बैठकको लागि आग्रह गर्ने निर्णय गरेका थिए। सोही अनुसार आइतबार ओलीलाई दुई पृष्ठको पत्र बुझाइएको थियो।

आजको बैठकपछि प्रचण्डले सचिवालय बैठक बोलाउने आकलन गरिएको छ। तर धुम्बाराहीको बैठकअघि बालुवाटारमा ओली र प्रचण्डबीच भेट भएकाले त्यहाँको छलफलले पनि प्रभावित पार्न सक्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily