+
Search

ताजा अपडेट +

पपुलर +

नारायणकाजी श्रेष्ठ भन्छन् : विभाजनबाट अहिलेको विवादको निकास खोज्दैनौँ

4KNationalDaily
२०७७ कार्तिक २५, मंगलवार १८:४३ बजे

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले सचिवालय बैठकको प्रतीक्षा गरिरहेको बताएका छन्।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरुको बैठकपछि उनले तर त्यो आफूहरुको कमजोरी नभएको बताएका हुन्।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बैठकका लागि सहमति जनाउनुभएन भने के हुन्छ? भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले प्रतिक्रिया दिए- ‘पार्टीको अहिलेको संकटको विशिष्ट परिस्थितिमा हामी पार्टी एकताप्रति अत्यन्त संवेदनशील छौं। र धैर्यसाथ हामीले सहमतिमै बैठक बस्न प्रयत्न गरिरहेका छौं। यो कमजोरी होइन।’

उनले सबैले आफ्नो विवेक प्रयोग गरेर सहमतिमा बैठक बसेर पार्टी एकताको रक्षा गर्ने र पार्टीका निर्णयहरु कार्यान्वयन गराउने दिशामा अगाडि बढ्न सकियोस् भनेर आफूले प्रयत्न गरिरहेको बताए।

बैठकमा पुष्पकमल दाहाल प्रचण्डले ओलीसँगको भेटबारे ब्रिफिङ गरेका थिए। उनी धुम्बाराहीको बैठकअघि ओलीलाई भेट्न बालुवाटार गएका थिए। त्यहाँ उनले २७ गते बैठकको लागि सहमति जनाउन ओलीलाई आग्रह गरेका थिए। तर ओली सहमत भएको श्रेष्ठको भनाइ छ।

‘प्रचण्डले भोलि प्रधानमन्त्री उपत्यका बाहिरको कुनै कार्यक्रममा जाने भन्ने योजना भएको स्थितिमा पनि पर्सि २७ गते सचिवालयको बैठक बस्नुपर्छ भनेर उहाँसँग त्यो बैठकमा सहमति गर्न र बैठक बस्न अनुरोध गर्नुभएको छ। तर आजको बैठकमा पनि उहाँले बैठक २७ गते बस्ने कुरामा पनि सहमति जनाइसक्नुभएको छैन’, श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily