+
Search

ताजा अपडेट +

पपुलर +

संविधानको स्पिरिट बुझ्ने संवैधानिक अदालत भएन : बाबुराम भट्टराई

4KNationalDaily
२०७७ कार्तिक २७, बिहीबार १२:२१ बजे

काठमाडौं– जनता समाजवादीका पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयविरुद्ध अन्तरिम आदेश जारी नहुने आदेशप्रति लक्षित गर्दै टिप्पणी गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा ‘संवैधानिक इजलाश राखेको पाप भोग्नुपरेको’ भनेका छन् । बुधबार सर्वोच्चले गौतमलाई थप जिम्मेवारी नदिनु भनि यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको थियो।

चुनाव हारेपछि पनि चोरबाटोबाट सांसद र मन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८(४) को व्यवस्था गरिएको हो,’ उनले लेखेका छन्, ‘‘न्यायाधीशले संविधान र कानूनको अक्षर मात्र हैन त्यसको स्पिरिट पनि हेर्नुपर्छ। हामीले यो स्पिरिट बुझ्ने संवैधानिक अदालतको सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दैछैनौं?’

बर्दियाबाट पराजित गौतम र गोरखाबाट पराजित भएका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा पुगेका छन्। गौतमलाई राष्ट्रपतिको सिफारिसको कोटामा सरकारले राष्ट्रिय सभाको सांसद बनाएको थियो ।

त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको थियो। बुधबार संवैधानिक इजलाशले अन्तरिम आदेश खारेज गर्दै गौतमलाई मन्त्री बन्ने बाटो खोलेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily