काठमाडाैं– राष्ट्रपति विद्या भण्डारीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेकी छन् ।
मंगलबार साँझ अध्यक्ष प्रचण्डलाई शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले अबको एक वर्षपछि प्रधानमनत्री बन्न प्रस्ताव गरेकी हुन् । त्यस्तै उनले पूर्व सहमतिअनुसार कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न पनि अध्यक्ष प्रचण्डलाई आग्रह गरेकी छन् ।
‘पार्टीलाई फूटबाट जोगाउन तत्कालिन सहमतिहरु पालना गरेर अगाडि बढ्नुहोस । अबको एक वर्षपछि तपाई नै प्रधानमन्त्री बन्नुहोस् र तपाईकै नेतृत्वमा चुनाव गराऔं । त्यसको ग्यारेण्टी म लिन्छु । त्यसो गर्दा पार्टीभित्रको विवाद हल हुन्छ’, राष्ट्रपतिको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
त्यस्तै राष्ट्रपति भण्डारीले महाधिवेशनपछि एकल अध्यक्ष बन्न पनि प्रचण्डलाई आग्रह गरेकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा अोलीको तर्फबाट त्यसको ग्यारेण्टीसमेत गरिदिएकी छिन् ।
जवाफमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अोलीले घात गरेकाले त्यसरी जान नसकिने बताएका छन् । उनले ओलीले पार्टी बैठकले गरेका सबै निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए
प्रतिक्रिया