+
Search

ताजा अपडेट +

पपुलर +

श्वासप्रश्वास रोग विशेषज्ञकाे ‘सीओपीडी’ रोगबारे जानकारी

4KNationalDaily
२०७७ मंसिर ३, बुधबार १४:०५ बजे

‘सीओपीडी ‘ एक दीर्घकालिन श्वासप्रश्वास रोग हो । यो रोग लागेमा हाम्रो श्वासप्रश्वासमा कठिनाइ हुने गर्दछ र ध्यान नदिएको खण्डमा समयको साथ यो झनै बिग्रन सक्छ ।

‘सीओपीडी ‘ डरलाग्दो सूनिन्छ तर उचित उपचार र औषधिको सेवनले तपाईं सामान्य जिवनयापन गर्नसक्नुहुनेछ । यो रोग विश्वमा अहिले मृत्युको दोस्रो कारणको रुपमा चिनिएको छ । साथै अर्को महत्त्वपूर्ण कुरा यो रोग संक्रामक हुदैन । त्यसैले ‘सीओपीडी’का बिरामीको साथमा बस्नाले तपाइँलाई यो रोग लाग्दैन ।

धूम्रपान ‘सीओपीडी’ को प्रमुख कारण हो । यो रोग लागेका अधिकांश मानिसहरु धूम्रपान गरेको पाइन्छ । धूम्रपान गर्ने व्यक्तिको सम्पर्कमा रहि त्यही धुवाँमा सास फेरिरहने व्यक्तिलाई नि यो रोग लाग्न सक्दछ । धेरै धुलो, धुवाँहरुको सम्पर्कमा रहने व्यक्ति पनि यो रोगको को जोखिममा हुन्छन् ।

विभिन्न कलकारखाना (जस्तै: कोइला, सिमेन्ट , कपडा , रसायन आदि ) मा धेरै वर्ष काम गरेका व्यक्तिहरु पनि यो रोगको जोखिममा हुन्छन् । यो रोगका लक्षणहरु देखा पर्न वर्षौ लाग्ने भएकोले यो रोग ४० वर्ष भन्दा बढि उमेरका मानिसहरुमा धेरै देखिन्छ ।

‘सीओपीडी’का लक्षणहरुलाई हामीले अन्य रोगहरु वा बुढेसकालको संज्ञा दिएर भुल पनि गर्छौ । स्याँ : स्याँ हुने वा सास फेर्न गाह्रो हुने, लामो समय सम्म खोकी लाग्ने , खोक्दा खकार आउने यो रोगका लक्षणहरु हुन् । यी लक्षणहरु समय सङ्गै बिग्रदै जान्छ ।

त्यसैले समयमा उपचार नगरिएमा सामन्य कार्य गर्दा पनि तपाइँलाई साँस फेर्न अप्ठ्यारो हुन्सक्छ ।
‘ सीओपीडी ‘ निश्चित गर्न व्यक्तिगत जानकारी ,शारीरिक परिक्षण र फोक्सोको परिक्षण ( स्पाइरोमेट्री ) गर्ने गरिन्छ । स्पाइरोमेट्री एउटा फोक्सोको जाँच हो जुन स्पाइरोमिटर मेसिन द्वारा गरिन्छ । यस मेसिनले तपाईंको फोक्सोले कति राम्रो सङ्ग काम गरिरहेको छ भनेर मापन गर्दछ ।

‘ सीओपीडी ‘ पुर्ण रुपमा निर्मुल गर्ने उपचार छैन तर यस्लाई नियन्त्रण गर्न भने सकिन्छ । यो रोग नियन्त्रण गर्न सुरुमा धूम्रपान त्याग्ने , फोक्सोलाई हानि गर्ने तत्त्वहरुबाट टाढा रहने र डाक्टरको सल्लाह अनुसार निरन्तर औषधिको सेवन गर्नुपर्ने हुन्छ ।

यो रोगको लागि धेरै जसो औषधिहरु इन्हेलेसनको रुपमा उपलब्ध छ । इन्हेलर बाट लिइने औषधि सिधै तपाईंको फोक्सोमा मात्र पुग्ने भएकोले इन्हेलर सुरक्षित र लाभदायक हुन्छ र यस्को अरु औषधिको तुलनामा औषधिको मात्रा कम हुने हुनाले नकारात्मक असर गर्ने जोखिम पनि कम नै हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily