काठमाडाैं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।
विवादकाबीच बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो।
अब सचिवालयको अर्को बैठक १० दिनपछि बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
बैठकपछि मिडियाकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीमा देखापरेको समस्या अथवा पार्टीको संकटलाई लिएर त्यसको निवारणसम्बन्धी विषयमा छलफल गर्न आजको सचिवालय बैठक राखिएको थियो । र, आजको सचिवालयको बैठक सम्पन्न भएको छ । यस बैठकले कमरेड अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो तर्फबाट अर्को प्रस्ताव प्रस्तुत गर्ने कुरा सचिवालयमा जानकारी गराईएको छ ।
अध्यक्ष कमरेड केपी ओलीको प्रस्ताव समेतलाई लिएर अब मंसिर १३ गते सचिवालयको बैठक बस्नेछ । र, सचिवालयको बैठकमा पार्टीको संकट र निवारण सम्बन्धमा यसअगाडि प्रस्तुत सबै सामाग्री र प्रस्ताव र, अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्ने प्रस्तावसमेतका आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिनेछ । यसअघि नै निर्धारित केन्द्रिय कमिटीको बैठकको कार्यतालिकामा केही परिवर्तन गरिएको छ । जसअनुसार मंसिर १८ गते स्थायी कमिटीको बैठक बस्नेछ र मंसिर १५ गते बस्ने भनिएको केन्द्रिय कमिटीको बैठक मंसिर २५ गते बस्ने भनिएको छ ।’
–
प्रतिक्रिया