काठमाडौं- गायत्री थापाको लोक दोहोरी गीत ‘बाटो बिरिन्छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
बाटो बिरिन्छको म्युजिक भिडियो बिहीबार शिव दर्शन फिल्मस्को युटयुब च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतमा खेम सेन्चुरी र कमल पोखरेलको आवाज रहेको छ भने शब्द तथा संगीत नेत्र अर्यालको रहेको छ।
वियोगात्मक प्रेम कथामा आधारित गीतको भिडियोमा बिनोद भण्डारी र जुना गुरुङको अभिनय रहेको छ।
म्युजिक भिडियोको निर्देशन बिनोद भण्डारीले गरेका छन्। भिडियोको छायाँकन किरण चइसिर र सम्पादन प्रविन भट्टको रहेको छ।
प्रतिक्रिया