काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले शान्ति प्रक्रियामा जटिल मुद्दा सहजै समाधान हुने बताएका छन्। शान्ति सम्झौताकर्ता समेत रहेका प्रचण्डले जटिल मुद्दा समाधान भएकाले बाँकी विषय पनि सहजै समाधान हुने दाबी गरेका हुन्।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीलाई शान्ति सम्झौताको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले भने, ‘सेना समायोजन र हतियार व्यवस्थापन जटिल विषय थियो। सामान्य र सहज ढंगले हल हुन्छ भनी मानिसहरूले सोच्दैनथे।’
२०६३ को मंसिर ५ मा बृहत शान्ति सम्झौता भएको थियो।
बृहत शान्ति सम्झौतालाई अभूतपूर्व घटना भएको उल्लेख गर्दै प्रचण्डले संक्रमणकालीन न्यायका अरु विषय पनि समाधान हुने विश्वास दिलाउने क्रम जारी राखेपनि यो प्रक्रिया १४ वर्षसम्म अड्किइरहेको छ। सम्झौतामा ६ महिनाभित्र संक्रमणकालीन न्यायका विषय टुंग्याइने उल्लेख छ।
नेपालको इतिहास र अन्तराष्ट्रि स्तरमा शान्ति सम्झौताले दुरगामी महत्व राखेको उनले टिप्पणी गरे। नेपाली मौलिकता र विशेषता अनुसार शान्ति सम्झौता अघि उनको भनाई थियो।
प्रतिक्रिया