+
Search

ताजा अपडेट +

पपुलर +

माल्दिभ्समा खुलेकी दिशा

4KNationalDaily
२०७७ मंसिर ५, शुक्रबार १८:४४ बजे

बलिउड नायिका दिशा पटानी होलिडे मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्स पछिल्लो समयमा बलिउड कलाकारका लागि होलिडे मनाउने मुख्य गन्तव्य पनि बनिरहेको छ । दिशा र उनका प्रेमी टाइगर श्राफ पनि माल्दिभ्समा छन् ।

माल्दिभ्समा पुगेकी दिशाले सामाजिक संजालमा केही हट तस्वीर शेयर गरेकी छिन्, जसले अहिले सामाजिक संजालमा चर्चा पाइरहेको छ ।

दिशाले विकिनीमा केही तस्वीर पोष्ट गरेपछि उनको चर्चा र आलोचना दुबै भैरहेको छ ।

दिशा चलचित्र ‘राधे’को छायांकन सकेपछि होलिडे मनाउन माल्दिभ्स पुगेकी हुन् । उनी अब चलचित्र ‘एक भिलेन २’मा काम गर्ने तयारीमा छिन् । बलिउडमा दिशाको चर्चा उनको हट अवतारका कारण हुने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily