+
Search

ताजा अपडेट +

पपुलर +

नेकपाका नेताहरूलाई डा.बाबुराम भट्टराईको सल्लाह : जारी विवादलाई ‘कुलिङ’ होइन ‘हिटिङ पिरियड’ भनौं

4KNationalDaily
२०७७ मंसिर ६, शनिबार ०८:२६ बजे

काठमाडौं- जनयुद्धका बेला प्रचण्डका सहयोद्धासमेत रहेका डा. बाबुराम भट्टराईल सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिले जारी द्वन्द्वलाई ‘कुलिङ’ होइन, ‘हिटिङ पिरियड्र भन्नुपर्ने सल्लाह दिएका छन्।

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको टक्कर उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले नेकपाभित्रका केहीले ‘कुलिङ पिरियड’को कुरा गरेको बुझिएन भन्ने प्रतिक्रिया दिएका हुन्।

ट्विटरमा उनले अगाडि लेखेका छन्, ‘द्वन्द्ववादको नियमले त एकता–संघर्ष–रूपान्तरणको कुरा पो गर्छ त! अझै माओ त ठूलो माछाले सानो माछा निल्नु रूपान्तरण हो भन्थे। धर्मशास्त्रले पनि संघर्षबाटै असत्यमाथि सत्यको जितको कुरा गर्छ। त्यसैले कुलिङको सट्टा हिटिङ भन्नुपर्ने हैन र?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily