काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले केन्द्र र प्रदेश सरकार परिवर्तन हुनुपर्ने बताएका छन्।
कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले संघीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन हुन आवश्यक रहेको बताए।
पार्टी विधि, पद्धति र जनताको चाहाना अनुसार चल्न नसक्दा पार्टीभित्र अन्तर विरोध चर्किएको नेता रावलको भनाई छ। उनले पार्टी अध्यक्षहरुलाई विधि र प्रणाली अनुसार चल्न पनि आग्रह गरे।
नेता रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने दाबी पनि गरेका छन्। अध्यक्षद्वयको अन्तरविरोधका कारण पार्टी नफुट्ने उनको भनाई छ।
प्रतिक्रिया