+
Search

ताजा अपडेट +

पपुलर +

मोडलिङ्गमा भबिष्य छ, मिहिनत र निरन्तरता छाड्नु भएन- मोडल रन्जिता

4KNationalDaily
२०७७ मंसिर ७, आईतवार २०:०५ बजे

गाेरखा- मोडलिङ्ग दुनियाँमा यतिबेला नव कलाकारहरुको रुची बढ्दो रुपमा रहेको छ । खासगरि नवप्रबेशी कलाकार पनि प्रशस्त छन् । एक पछि अर्को गरि ‘एक्टिभ’ सुन्दर र प्रबल सम्भावना बोकेका थुप्रै नयाँ अनुहारका युवा-युवती आइरहेका छन ।

यसैबीच, सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने र थुप्रै कार्यक्रम र प्रतियोगितामा सहभागी भएर उत्कृष्ट नतिजा देखाउदै आएकी नब मोडल हुन रन्जिता केसि । भविष्यमा कुशल र सफल चर्चित मोडल तथा नायिका बन्ने सोच लिएर कलाकारीतामा प्रवेश गर्ने सोचाइमा छिन भने अहिले त्यसै अनुरुप मेहनत समेत गर्दैछिन ।

मोडलिङ्ग क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो । जहाँबाट कलाकारले राम्रो अवसर पाउने माध्यम हो । अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन् भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका हुन्छन् ।

यसै क्रममा मोडलिङ क्षेत्रलाइ ब्यबसायिक रुपमा अगाडी बढाउने सोचका साथ सम्भाबना सहित पछिल्लो समयमा मोडलिङमा प्रवेश गरेकी हुन नब मोडल केसि। दोलखा जन्मथलो र काठमाडौलाई कर्मथलो बनाउदै आएकी रन्जिताले देश विदेशको यात्रा समेत गरिसकेकी छिन । विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मोडल केसि को बच्चा देखिकै चाहना भनेको मोडल तथा कलाकार बन्नु पनि थियो ।

नृत्य र अभिनयमा पोख्त सुक्मित सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन् ।  चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार र सेक्सी एन्ड बोल्ड लुक्स नै उनिप्रतिको आकर्षण हो । मिजासिलो स्वभाव, सकारात्मक सोचको धनी सबैसङ्ग सजिलै घुलमिल हुन सक्ने केसि को बिशेषता हो ।

पेशाले शिभिल इन्जिनियर समेत रहेकि नायिक खेल र एक्सनमा पनि उतिकै सौखिन छिन । अहिलेसम्म थुप्रै अफर आएका छन तर उचित समय र राम्रो ब्यानरकोलाई मात्र आफुले काम गर्ने योजनामा रहेकी मोडल रन्जिता भन्छिन ‘कथा अनुसार जस्तो सुकै रोल र अभिनय गर्नलाइ पनि सक्ने साहस र हिम्मत छ पक्कै गर्ने छु भन्ने उनको बिश्वास छ । क्वान्टिटी भन्दा क्वालिटिमा कामलाई फोकस गर्न सकियो भने उपलब्धि मुलक हुन्छ ।’

अहिलेसम्म प्रेम सम्बन्धमा नरहेको बताउने केशिलाइ प्रेम प्रस्ताव भने थुप्रै आउने गरेको छ । आफ्नो रोजाइको ब्वाइ नै नभेटेकोले अझै सिङ्ग्ल छु भन्छिन मोडल केसि ।

सेक्सको बारेमा खुलेर कुरा गर्ने मोडल रन्जिताले भन्छिन ‘यो एक प्राकृतिक कुरा हो मानव जिवनमा आबश्यक पनि छ तर यसलाइ समय ठाउँ ब्यत्ति अनुसार प्रयोग गर्नु पर्छ ।’  अब भने केसिले छिट्टै नयाँ प्रोजेक्टमा काम गर्ने लगभग निश्चित भएको छ सम्भवत अर्को महिना बाट सुटिङ्ग्को काम हुने उनले बताइन । आफ्नो कार्य ब्यस्तताले समय दिन नसकेकाले धेरै अफर लाई स्विकार गर्न नसकेको बताउने उनि अब भने कामको लागि तयार भएकी छन । र कामलाइ निरन्तरता दिने उनी बताउछिन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily