+
Search

ताजा अपडेट +

पपुलर +

एकैदिन सुनको भाउ तोलामा १८ सयले घट्यो, कतिमा भयाे कराेबार !

4KNationalDaily
२०७७ मंसिर ९, मंगलवार १६:०८ बजे

काठमाडौं- सुनको भाउ एकैदिन तोलामै एक हजार ८ सय रुपैयाँले घटेको छ । सोमबारको बजार भाउको तुलनामा सुनको भाउमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको सुनको भाउ मंगलबार ९२ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

यस्तै सोमबार ९३ हजार ८ सय रुपैयाँमा सोमबार कारोबार भएको तेजावी सुनको भाउ ९२ हजार रुपैयाँमा आपुगेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ ।

सोमबार १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ मंगलबार ११ सय ८० रुपैयाँ तोकिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को खोप विकासका विभिन्न चरणहरुबारे सकारात्मक समाचार विकसित भएपछि सुनमा लगानी गरिरहेका लगानीकर्ताहरु अन्यत्र लाग्दा भाउ ओरालो लागेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily