+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य प्रतितोला एक हजारले घट्यो, चाँदीको मूल्यमा पनि ह्रास

4KNationalDaily
२०७७ मंसिर १०, बुधबार १६:२४ बजे

काठमाडौं- स्थानीय बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ।

कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ।

प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक हजारले घटेको छ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० मा कारोवार भएको छ। मंगलबार प्रतितोला ९२ हजार ५०० मा कारोवार भएको छापावाला सुन आज एक हजारले घटेको हो ।

यस्तै मंगलबार प्रतितोला ९२ हजारमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला एक हजारले ओरालो लागेर रु ९१ हजारमा कारोवार भएको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला २५ ले घटेको छ। मंगलबार प्रतितोला एक हजार १८० मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार १७५ मा कारोवार भएको छ। केही समय पहिले सुनको भाउ प्रतितोला एक लाख दुई हजारसम्म पुगेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily