+
Search

ताजा अपडेट +

पपुलर +

नेप्से परिसूचक ६४ अंकले बढ्यो, होटलबाहेक सबै हरियाली

4KNationalDaily
२०७७ मंसिर १०, बुधबार १६:२८ बजे

काठमाडौं- सेयरबजार परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ। साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको छ।

सेन्सेटिभ परिसूचक पनि १२ दशमलव ९६ अंकले बढेर ३ सय ६२ दशमलव ३३ अंकमा बन्द भएको छ । दिनभर १ सय ९६ कम्पनीको ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको १ करोड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर खरिदविक्री भएको छ।

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ। बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्किनु र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ। त्यसैकारण बजारमा सेयरको माग बढ्न जाँदा परिसूचकले पनि नयाँ उचाइ तय गर्दै गएको देखिन्छ।

बुधबार कारोबारमा आएका समूह मध्ये होटल समूहको सूचक मात्रै घटेको छ। बाँकी सबै समूहका सूचक बढेका छन्। सबैभन्दा धेरै व्यापार समूह ७ दशमलव ९३ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily