काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी विवाद जटिल मोडमा पुगेको बताएका छन् ।
एक टेलिभिजनसँग बुधबार कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले विगतमा भएको सहमति उल्लंघन गर्दा पार्टीमा समस्या देखिएको भन्दै पार्टी विवाद जटिल मोडमा पुगेको बताएका हुन् ।
असार १० देखि भदौ २६ सम्म चलेको स्थायी कमिटी बैठकले सर्वसम्मत निर्णय गरेका विषयलाई उल्लंघन गर्नु गम्भीर गल्ती भएको उनले बताए। उनले पार्टी फुटबाट सिर्जित परिस्थितिबारे नेताहरु जानकार रहेको भन्दै त्यही अनुभवका आधारमा सबै गम्भीर हुनुपर्नेमा जोड दिए।
प्रतिक्रिया