+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषदको निर्णय : बुढीगण्डकीको कार्यअवधि एक बर्ष थप

4KNationalDaily
२०७७ मंसिर ११, बिहीबार ०९:३३ बजे

काठमाडौं- बुधबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकीको कार्यअवधि थप गरेकाे छ । बैठकले बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइको कार्यअवधि थप गर्ने निर्णय गरेको हाे ।

गोरखाको गण्डकी गाउँपालिका सिउरेनीटारमा रहेको बुढीगण्डकी वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना इकाइको गत वर्ष थपिएको एक वर्षको म्याद कात्तिक १३ गते सकिएकाे थियाे ।

२०७३ सालमा बुढीगण्डकी आयोजना विकास समितिको म्याद सकिएपछि यो इकाइको स्थापना गरिएको थियो । सुरुमा २ वर्षका लागि स्थापना गरिएको कार्यालयले मुआब्जा वितरण र पुनर्बासको काम नसकेपछि २ पटक १/१ वर्षका लागि समय थप भइसकेको छ ।

आयोजनाले ९५ प्रतिशत मुआब्जा वितरण भएको दावी गरे पनि धेरै जग्गाधनीले एक पटक पनि मुआब्जा नपाएको पाउनेको पनि केही कित्ता छुट भएको, घर गोठ, बोटविरुवाको मुआब्जा पाउन बाँकी नै रहेको भन्दै सरोकार समितिले ४० प्रतिशत काम बाँकी रहेको दावी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily